+
+

१७ हजारभन्दा बढी स्थायी शिक्षक भर्नाको लागि परीक्षा सुरु

नियुक्त हुन करिब एक वर्ष लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते ८:५४

१५ चैत, काठमाडौं । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा आजबाट सुरु भएको छ । १७ हजार २ सय बढी स्थायी शिक्षकका लागि आजबाट परीक्षा सुरु भएको हो । नतिजा प्रकाशन गरी नियुक्ति प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ ।

आज पहिलो दिन मावि तहका शिक्षकको परीक्षा सुरु भएको छ । चैत १७ गते निमाविको, १९ गते प्राविको र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने शिक्षक सेवा आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोगले माविमा १ हजार ५४७, निमाविमा २ हजार ५९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन खुलाएको थियो । माविमा मात्रै ३५ हजार ५५६ जनाको आवेदन परेको थियो । परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेमा पास भइन्छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार करिब पाँच वर्षपछि सञ्चालन हुन लागेको शिक्षक सेवा आयोगको परीक्षाका लागि सबै प्रकारका सुरक्षा रणनीति अपनाइएको छ ।

सरकारले हाल कक्षा ८ सम्म आधारभूत र त्योभन्दा माथि कक्षा १२ सम्म मावि गरी दुई तहको शिक्षा निर्धारण गरेको छ । तर आयोगले भने मावि, निमावि र प्रावि गरी तीन तहको पुरानै व्यवस्था अनुसार शिक्षक भर्ना गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?