
१५ चैत, काठमाडौं । ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी जिल्लासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गण्डकी प्रदेश सशस्त्र गण मुख्यालय, पोखरामा काजमा एसपी पठाएको हो ।
मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेशवरप्रसाद यादव, पश्चिम नवलपरासीमा ऋषिराम कंडेल, अख्तियारमा राजन अधिकारी, रानीपोखरीमा जनार्दन जिसी र गण्डकीको सशस्त्र प्रहरी गण मुख्यालयमा मनोजकुमार यादवलाई पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4