
१५ चैत, काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकामा औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियासमेत रोकिएको छ ।
श्रीलंकाको पेराडेनिया शिक्षण अस्पतालले औषधिको अभावमा शल्यक्रिया रोकेको हो ।
अस्पतालका निर्देशक एचएम अर्जुना तिलकरत्नेले भने, ‘हामीसँग रहेको औषधि र सामग्री आकस्मिक सेवामा आउने बिरामीको ज्यान बचाउनका लागि राख्दै अरु पूर्वनिर्धारित शल्यक्रिया रोकेका छौं ।’
उनले स्वास्थ्य सामग्री उपलब्ध गराउने निकायमा यसबारेमा जानकारी गराइसकेको बताए ।
श्रीलंकामा औषधि अभावमा शल्यक्रिया रोकिएको खबर सार्वजनिक भएपछि भारतले आवश्यक सहयोग गर्ने तयारी गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकरले भारतका उच्चायुक्तलाई यसबारेमा छलफल गर्न र यसबारेमा भारतले के सहयोग गर्न सक्छ भन्ने बारेमा बुझ्न भनेका छन् ।
विदेशी मुद्राको संचिती घट्दै गएपछि श्रीलंका गम्भीर आर्थिक संकटमा फसेको छ । र त्यहाका साढे २ करोड नागरिकमा यसको प्रत्यक्ष असर परेको छ ।
पैसा अभावकै कारण कागज किन्न नसकेपछि यसअघि श्रीलंका ४५ लाख विद्यार्थीको परीक्षा रोकिएको थियो ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4