
काठमाडौं । कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनी क्लेमेन्टाइन प्रोडक्सनले मंगलबार पोस्टर सार्वजनिक गर्दै आगामी वैशाख २३ गतेलाई फिल्मको रिलिज मिति घोषणा गरेको हो ।
मिलन डी काप्रीको निर्देशन र विराज कडरियाको निर्माण रहेको फिल्ममा लोकेन्द्र लेखक, सुयशा अधिकारी र शिशिर लिम्बु वानेमको पनि अभिनय छ ।
आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने ‘षट्कोण’मा महेश दवाडीको संवाद, आङ्छेन लामाको छायांकन छ । सागर खनाल र मिलन डी काप्रीले सम्पादनमा सहकार्य गरेका छन् ।
फिल्ममा कर्माले एउटा हत्याको घटनालाई खोजी गर्ने पत्रकारको भूमिका निर्वाह गरेका छन् । काठमाडौं र मकवानपुरको भीमफेदीमा फिल्म छायांकन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4