+
+

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते ७:२१

१६ चैत, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन सिफारिस भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको ह्वाइट हाउसले जनाएको छ ।

केही प्रक्रिया पूरा गरेपछि थम्पसनले हालका अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् ।

हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई छ ।

थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।

उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए । उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ ।

(यसअघि समाचारमा थम्पसन राजदूत नियुक्त भएको उल्लेख भएकाले सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?