
बुधबार बिहान पोखरा विमानस्थल ।
१६ चैत, काठमाडौ । मौसममा आएको खराबीका कारण कास्कीको पोखरा र संखुवासभाको तुम्लिङटार विमानस्थलमा उडान प्रभावित भएको छ ।
बिहानैदेखि मौसम धुम्मिएका कारण पोखरा र तुम्लिङटारमा कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण काठमाडौं उपत्यका सहितका देशका विभिन्न भूभागमा हल्का वर्षा भएको छ । मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4