+
+
त्रिकोणात्मक टी-२० शृङ्खला :

नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १२:३०

१६ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।

कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो ।

शृङ्खलामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि नेपाल र मलेसियाले पपुवा न्यूगिनीलाई हराएको थियो ।

आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । मलेसियाविरुद्धको खेलमा विकेटकिपर ब्याट्सम्यान दिलीप नाथले डेब्यु गरेका छन् । खेलअघि दिलीपलाई विनोद दासले डेब्यु क्याप प्रदान गरेका थिए ।

दिलीपले लोकेश बमको स्थानमा पहिलो रोजाइमा खेल्दैछन् ।

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?