+
+

घोराहीमा ७३ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १८:३२

१६ चैत, दाङ । घोराही उपमहानगरपालिकाले २३ चैतदेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ ।

उपमहानगरले बुधबार पत्रकार सम्मेलन गरी १५ महिनादेखि १५ बर्षमुनिका ७३ हजार बढी बालबालिकालाई उक्त खोप लगाउने लगाएका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका सह–संयोजक ठाकुर खनालले १५ देखि २३ महिनासम्मका २ हजार ९ सय ८७ जना र २ वर्षदेखि १५ वर्षसम्मका ७० हजार ८ सय १५ बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउन लागिएको बताए ।

खनालका अनुसार १९ वटा वडामै १ सय बढी स्वास्थ्यकर्मी खटाएर बालबालिकालाई खोप लगाइने छ । वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु विद्यालयमा पुगेर खोप लगाउने छन् । खोप अभियान वैशाख ९ गतेसम्म चल्नेछ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले टाइफाइड रोगविरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न जनप्रतिनिधि, विद्यालय र स्वास्थ्यकर्मीलाई निर्देशन दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?