
१६ चैत, काठमाडौं । प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-३ इचंगुनारायण बस्ने २९ वर्षीय आशिक श्रेष्ठ रहेका छन् ।
प्रहरीले उनको साथबाट भिभो कम्पनीको मोबाइल १ थान, ओप्पो कम्पनीको मोबाइल ४ थान, सामसुङ कम्पनीको मोबाइल ९ थान, रेडमी कम्पनीको मोबाइल ५ थान, आइफोन मोबाइल १ थान, रियल मी कम्पनीको मोबाइल ५ थान र वान प्लस कम्पनीको मोबाइल ५ थान बरामद गरेको छ ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्याल, गौचरन पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4