
१७ चैत, धनगढी । कैलालीमा काँडेतारमा अल्झिएर एउटा चितुवाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० मा शोभा चौधरीको घरको आगनमा लगाइएको काँडेतारमा अल्झिएर घाइते भएको चितुवाको मृत्युु भएको सव डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट उद्दारका लागि प्राविधिक टोली बोलाइएको भए पनि उनीहरू नपुग्दै चितुवाको मृत्युु भएको सव डिभिजन वन कार्यालयका वन अधिकृत सुरेन्द्र केसीले जानकारी दिए । घोडाघोडी नगरपालिका-१० क्षेत्रमा चितुुवाले केही दिनदेखि आतंक मच्चाएको थियो ।
स्थानीयका अनुसार राति गाउँ पस्ने चितुवाले गोठभित्रै पसेर पशुुचौपाया खाने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4