
१७ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघका नव निर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नव निर्वाचित अध्यक्ष कुल आचार्यसहितका पदाधिकारीहरु पुगेका थिए । त्यसअवसरमा अध्यक्ष आचार्यले एनआरएनएले गर्ने कामका विषयमा वरिष्ठ नेता पौडेललाई जानकारी गराएका थिए ।
पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका एनआरएनएका पदाधिकारीहरुले सबैसँग पशुपतिमा वृद्धाश्रम निर्माणका लागि जग्गा उपलव्ध गराईदिन, गैर आवासीय नेपालीको नागरिकताको समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए डेस्क स्थापना गर्न माग गर्दै आएका छन् ।
जवाफमा वरिष्ठ नेता पौडेलले सत्तारुढ गठवन्धन एनआरएन प्रति सकारात्मक रहेको बताए । साथै उनले समस्याका बाबजुत पनि एनआरएनलाई एक बनाएर अघि बढाएकोमा धन्यवाद दिँदै अब काम गरेर देखाउन आग्रह गरे । उनले मातृभूमिको विकासमा गैरआवासीयको योगदान हुनु पर्ने बताए ।
प्रतिक्रिया 4