+
+

४ हजार सैन्य जवानका लागि खुल्यो भर्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १२:३३

१७ चैत, काठमाडौं । नेपाली सेनाले एकपटक ४ हजार सैनिक जवान भर्ना गर्ने भएको छ । सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धा छनोट गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

गोरखापत्रमा प्रकाशित सूचना अनुसार खुलातर्फ दुई हजार ९८ जना र बाँकी संख्या समावेशी कोटाहरुमा भर्ति हुनेछन् ।

देशका विभिन्न भर्ना केन्द्रबाट वैशाख १६ गतेसम्म १५० दस्तुर रुपैयाँसहित दरखास्त दिन सकिनेछ ।

न्युनतम् ८ कक्षा पास गरेका र पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च तथा महिलाका लागि न्युनतम ५ फिट उचाइ हुनुपर्नेछ ।

१८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाहरुले यो अवसर पाउनोछन् । ५ जेठका लागि परीक्षा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?