+
+

मकवानपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

रासस रासस
२०७८ चैत १७ गते १२:५६
फाइल तस्वीर

१७ चैत, मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीमा बिहीबार बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेको नाम र ठेगाना खुल्न सकेको छैन। बागमती प्रदेश ०३-००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?