+
+

सैनामैनामा विपन्न परिवारलाई घर हस्तान्तरण

रुपन्देहीको सैनामैना-११ कञ्चन खोलाको किनारा नजिकै निर्मित नमूना बस्ती बेघरवारलाइ हस्तान्तरण गरिएको छ । बस्तीमा १० घर बनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १३:१०

१७ चैत, बुटवल। रुपन्देहीको सैनामैना-११ कञ्चन खोलाको किनारा नजिकै निर्मित नमूना बस्ती बेघरवारलाई हस्तान्तरण गरिएको छ । बस्तीमा १० घर बनेका छन् ।

३ कोठा र १ शौचालयसहितका घर तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा बनेको हो।

सैनामैना नगरपालिकामा चक्रपथ निर्माणको काम सुरु भएपछि नमूना बस्तीको निर्माण गरिएको हो । चक्रपथबाट विस्थापित परिवारको लागि नमूना बस्तीमा स्थापित गर्नको लागि घर बनाईएको थियो ।

बिहिबार एक कार्यक्रमको आयोजना गरेर सैनामैना नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई घरहरु हस्तान्तरण गरेको छ ।

घर पाउँदा आर्थिक रुपमा विपन्न भएका परिवार खुशी भएका छन्। घर बनाउँन नसक्दा कष्टकर जीवन विताईरहेका उनीहरुले सुवधा सम्पन्न घर पाएको र अब आर्थिक उपार्जनको काम गर्दै घरमा बस्ने बताए ।

नेकपा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईको उपस्थितीमा गरिब तथा बिपन्नलाई नगरपालिकाले घर हस्तानान्तरण गरिएको हो ।

नगरपालिकाले कार्यविधि बनाएर आर्थिक रुपमा बिपन्न परिवारको लागि मासिक एक सय रुपैंया शूल्क लिएर घर घर हस्तानान्तरण गरिएको मेयर चित्र बहादुर कार्कीले बताए।

नगरपालिकाले सञ्चालन गरेका ठुल्ठुला आयोजना सञ्चनालन गर्दा विस्थापित भएका परिवार, विपत्तिमा परेको र ठूलो रोग लागेर उपचारमा सम्पत्ति सकिएर सडकमा आउँने परिस्थितिमा परेका परिवारलाई लक्षित गरेर नमूना बस्तीको निर्माण गरिएको उनले बताए ।

जनताको तटबन्धनबाट कञ्चन खोलामा तटबन्धन गरेर बस्तीलाई सुरक्षित गरेको बताउँदै उनले प्रत्येक वर्ष बस्तीमा घर थप्दै जाने नगरपालिकाको योजना रहेको बताए ।

आर्थिक वर्ष २०७५–७६ बाट बस्ती निर्माण कार्य सुरु गरिएको हो । संघीय सरकारको १ करोड ८६ लाख ५७ हजार बजेटमा नमूना बस्ती बनेको नगरपालिकाका ईन्जिनियर अरुण खनालले जानकारी दिए ।

बस्तीमा अझैं कम्पाण्ड, खेलमैदान, बिजुलीको पोल र तटबन्धनको काम बाँकी रहेको उनले बताए । यसको लागि थप १ करोड बजेट लाग्ने नगरपालिकाको अनुमान छ । घरहरु भूकम्प प्रतिरोधि बनाईएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?