+
+
Shares

आचारसंहिता पालनामा दलहरुले आफैंलाई शंका गरे : प्रमुख आयुक्त थपलिया

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १३:१३

१७ चैत, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलले निर्वाचन आचारसंहिता पालनामा आफैंलाई शंका गरेको टिप्पणी गरेका छन् ।

आचारसंहिता मस्यौदा गर्दा दलहरुको पनि सुझाव लिएको भन्दै उनले अहिले कार्यान्वयन गर्ने बेलामा दलहरुले आफैंमाथि शंका गरेको बताएका हुन् ।

‘यो आचारसंहिता अत्यन्तै राम्रो छ । म र म संवद्ध भएको दल वा म संवद्ध भएको संस्था यो आचारसंहिता पालना गर्न र गराउन कटिवद्ध छ, यदि त्यसो हो भने शंका को प्रति ?’ थपलियाले प्रश्न गरे, ‘अलिकति अप्ठेरो प्रश्न मैले देखेँ, आफैंले आफैंलाई शंका गरेर आफैंलृ आफैंलाई अविश्वास गर्न मिल्छ कि मिल्दैन ?’

थपलियाले आफूले पालना गर्नुपर्ने नियम पालनामा आफैं बाधक हो भन्न मिल्ने कि नमिल्ने भनी प्रश्न गरे ।

आफूहरुले निकै मिहिनेतका साथ आचारसंहिता बनाएको र दलहरुको पनि सुझाव दिएको उनले बताए । २०७४ सालको निर्वाचनको अनुभवको आधारमा आचारसंहिताको मस्यौदा गरेको, उक्त मस्यौदा राजनीतिक दलहरुलाई दिएर लिखित सुझाव मागेको र आयोगमा पनि अन्तर्क्रिया गरेको भन्दै प्रमुख आयुक्त थपलियाले ती सुझावसहितको मस्यौदा वेबसाइटमा राखेर त्यहाँबाट पनि सुझाव लिएको दावी गरे ।

‘बनाउने बेलामा यो पनि छुट्ला उ पनि छुट्ला भनेर भएजति सबै कुरा हाल्न चाहने, कार्यान्वयन गर्ने बेलामा म त ठीकै छु, अर्कोले गरिदिँदैन कि भनेर आफैंमाथि शंका गर्ने प्रवृत्तिले निर्वाचनको स्वच्छतालाई कायम गर्न सक्दैनौं’ उनले भने ।

शासकीय प्रणालीको शुद्धताका लागि, निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख आयुक्त थपलियाले बताए । ‘यत्ति गरिदियो भने अनुगमन गर्ने, कारबाही गर्ने र दण्ड गरिरहनै पर्दैन’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?