
१७ चैत, झापा । राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित बनेका छन् ।
झापाको विर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायी आन्दोलित भएका हुन् ।
उनीहरुले विर्तामोडमा पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् ।
उद्योग वाणिज्य संघ विर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीलाई बन्दुक देखाएर आतंकित पार्ने काम भएकाले आन्दोलित हुनु परेको अनलाइनखबरलाई बताए ।
विभागले बिहीबार दिउँसो बिर्तामोडस्थित शाह कपडा पसलमा छापा मारेको थियो । पसलमा एक जना बालक मात्र भएको अवस्थामा विभागले छापा मारेको व्यवसायीहरुको आरोप छ ।
छलफल गर्ने सहमति पछि खुल्यो राजमार्ग (अपडेट)
यसैबीच बिहीबार अपरान्ह राजश्व अनुसन्धान विभागका कर्मचारी टोली र व्यवसायीबीच शुक्रबार छलफल गर्ने गरी राजमार्ग खुलाउने सहमति भएको छ ।
तस्वीरहरुः मनिषा चम्लागाईं
प्रतिक्रिया 4