+
+

डडेल्धुरा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. पाण्डेलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १६:२३

१७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. दिपेन्द्र पाण्डेलाई डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई डडेल्धुरा अस्पतालको निमित्त मेसुको जिम्मेवारी दिएका हुन् ।

डा. पाण्डे त्रिशुली अस्पतालमा मेडिकल सुपरिटेन्डन्ट थिए । त्रिशुली अस्पतालको मेसु रहँदा डा. पाण्डेले राम्रो काम गरेका कारण सरकारले डडेल्धुरा अस्पताल सरुवा गरेको मन्त्री खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकालले बताए ।

डडेल्धुरा अस्पताल संघीय अस्पताल हो । त्यहाँ एघारौँ तहको प्रमुख हुने व्यवस्था छ । तर माथिल्ला तहका चिकित्सक त्यहाँ पठाउन नसकिएको मन्त्रालयले जनाउँदै आएको छ ।

दुई वर्ष त्रिशुली अस्पतालका मेसु बनेका पाण्डेले अस्पताल सुधारका लागि राम्रा प्रयास गरेका थिए । ‘डा. पाण्डेले त्रिशुलीमा राम्रो काम गर्नुभएको छ’, ढकालले भने, ‘उहाँलाई डडेल्धुरा अस्पताल सुधारकै लागि पठाइएको हो ।’

१४ वटा विभाग रहेको संघ अन्तर्गतको डडेल्धुरा अस्पताल १ सय बेड क्षमताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?