
१६ चैत, काठमाडौं । वैदेशिक रोजगारी र रेमिट्यान्सका अर्थ–सामाजिक आयामलाई समेटेर लेखिएको पुस्तक ‘परदेशको पसिना’ सार्वजनिक भएको छ ।
किताब पब्लिसर्सले बजारमा ल्याएको यो पुस्तकको सम्पादन लेखक तथा पत्रकार यज्ञशले गरेका छन् । पुस्तकमा वैदेशिक रोजगारीको इतिहास, रेमिट्यान्सबाट प्राप्त धनको वर्तमान समाजमा महत्व, रेमिट्यान्सको प्रयोगबारे स्थापित मान्यता र अवधारणाबारे चर्चा गरिएको छ ।
त्यस्तै वैदेशिक रोजगारीमा जानेहरुको अवस्था, वैदेशिक रोजगारीमा महिला, दलित समुदायको आर्थिक उत्थानमा यसको भूमिका, वैदेशिक रोजगारीबारे सरकारी नीतिजस्ता विषयमा पनि चर्चा गरिएको प्रकाशकले बताएको छ ।
पुस्तकमा विभिन्न अध्ययन, अनुसन्धान र उपलब्ध तथ्यांकहरुका साथमा सम्बन्धित विषयका विज्ञ र ज्ञाताहरुसँग कुराकानीका आधारमा तयार गरिएका मैना धिताल, राजाराम गौतम, तुलानारायण साह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाका गरी सातवटा लेख छन् ।
प्रतिक्रिया 4