
१७ चैत, काठमाडौं । निजी विद्यालय सञ्चालकले शिक्षामा आफूहरुले गरेको लगनीको सुरक्षा र निरन्तरताको प्रत्याभूति गर्न माग गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) को हालै निर्वाचित नयाँ कार्यसमितिले बिहीबार पत्रकार सम्मेलन गरी कानुनमार्फत शिक्षामा निजी क्षेत्रको लगानी सुरक्षा र निरन्तरताको प्रत्याभूति गर्न माग गरेको हो ।
प्याब्सनले कोभिड–१९ तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित निजी विद्यालय पुनर्उत्थानका लागि वित्तीय सहायता उपलब्ध गराउन पनि माग गरेको छ । उसले निजी विद्यालयमा पढ्ने बालबालिकामाथि छात्रवृत्तिमा विभेद भइरहेको भन्दै त्यसलाई हटाउन पनि माग गरेको छ ।
प्याब्सनको ९ र १० चैतमा भएको महाधिवेशनले डीके ढुंगानाको अध्यक्षमा आगामी तीन वर्षका लागि ८९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
पत्रकार सम्मेलनमा सरकारले आयोजना गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण, तालिम, गोष्ठी, सेमिनार तथा पाठ्यक्रम निर्माण जस्ता क्रियाकलापमा निजी विद्यालयको प्रतिनिधित्व गराउन पनि माग गरिएको छ ।
हेर्नुहोस् प्याब्सनको विज्ञप्ति
प्रतिक्रिया 4