+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शिक्षा विधेयक : निजी विद्यालय र शिक्षकका विषय टुंगो लगाउन बाँकी, उपसमिति बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १५:०७

३ वैशाख, काठमाडौं। विद्यालय शिक्षा विधेयकमा अब निजी विद्यालय र शिक्षकको विषय टुंगो लगाउन बाँकी रहेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले अरु विषयमा सहमति जुटाएको छ ।

‘मुख्य पेचिलो बनेको विषय निजी विद्यालय र शिक्षकको हो । यि विषयमा दवाफार छलफल बाँकी छ,’ उपसमितिका एक सदस्यले भने । उपसमितिले बिदाको दिन पनि दवाफार छलफल गरिरहेको छ । आगामी अधिवेशनमा पेस गर्नेगरी विधेयकको काम उपसमितिले अगाडि बढाएको हो । उपसमितिको बैठक अहिले जारी छ ।

उपसमिति सदस्यहरूका अनुसार अहिलेसम्म एसईई नगर्ने, जिल्ला शिक्षा कार्यालय नरहने, इसीडीलाई दुई वर्षको बनाउने लगायतका सहमति उपसमितिले गरेको छ । आगामी १२ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वान गरिएको छ । सरकारले शिक्षा विधेयककै लागि छिटो अधिवेशन आह्वान गरिएको बताएको छ ।

‘विधेयक छिटो पारित गरियोस् भन्ने मागलाई सम्बोधन गर्न हिजोको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते त्यही विषलाई सम्बोधन हुनुगरी संसद बैठक आह्वान गरेको छ,’ शिक्षा मन्त्री विद्या भट्टराईले भनिन् । शिक्षा ऐन जारी गर्न माग गर्दै १० चैतदेखि शिक्षकहरूले काठमडौंमा सडक आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?