+
+

धनगढीको राजपुरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १९:०४

काठमाडौं । माछापुच्छ्रे बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

शाखा कार्यालयको उद्घाटन बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच गरेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराको पनि उपस्थिति रहेको थियो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै कैलालीमा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ ।

देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ बैंकले धनगढी उपमहानगरपालिमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?