
सांकेतिक फोटो
१८ चैत, काठमाडौं । मुड्खु–ककनी सडकखण्ड पिच गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । तिनपिप्लेमा भेला भएर स्थानीयले सवारी साधन आउ–जाउमा रोक लगाएका छन् ।
स्थानीयको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई समेत तिनपिप्लेबाटै फिर्ता पठाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बल्खु पुलबाट सुन्दरीघाट जाने सडक ग्राभेल गर्ने काम भइरहेकाले उक्त स्थानमा सन्चालन हुने सवारी साधन पनि प्रभावित भएका छन् ।
ललितपुरको गोदावरी–हरिसिद्धी आउ–जाउ गर्ने सवारी साधनलाई आज पनि क्यान्सर अस्पताल–सानागाउँ–ईमाडोल—ग्वार्को हुँदै सन्चालन गरिएको छ । उक्त स्थानमा सडक मर्मतका कारण सवारी साधनलाई डाइभर्सन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गोदावरी–हरिसिद्धी सडक पिच गर्न माग गर्दै स्थानीयले केही दिन अगाडि सवारी आवागमन बन्द गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4