News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानको कपुरकोट गाउँपालिका–४ स्थित अरिङ्गाले फेदिमा पहिरो खस्दा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
- आइतबार बिहान करिब ५ बजे खसेको पहिरोका कारण दाङ र रुकुम–सल्यान आवतजावत गर्ने दर्जनौँ सवारीसाधन बाटोमै अलपत्र परेका छन्।
- जिल्ला प्रहरी कार्यालय सल्यानले हाल एक्स्काभेटर प्रयोग गरी अवरुद्ध सडक खुलाउने कार्य जारी राखेको जानकारी दिएको छ।
३१ साउन, सल्यान । अविरल वर्षाका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ।
जिल्लाको कपुरकोट गाउँपालिका–४ अरिङ्गाले फेदिमा पहिरो खस्दा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानला प्रहरी प्रमुख दिपक पातलिका अनुसार आइतबार बिहान करिब ५ बजेको समयमा सडक माथिबाट पहिरो खसेर राजमार्ग पुर्ण रुपमा अवरुद्ध छ।
सडक अवरुद्ध भएपछि दाङबाट रुकुम र सल्यानका विभिन्न क्षेत्रमा पुग्ने तथा रुकुम, सल्यानबाट दाङ , नेपालगञ्ज , काठमाडौं लगायतका ठाँउ पुग्ने दर्जनौं
सवारीसाधन अलपत्र परेका छन ।
अहिले एक्स्काभेटरको प्रयोग गरेर अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4