+
+

धावनमार्गमा गुडिसकेको निगमको जहाज अकस्मात रोकियो, दुई पाङ्ग्रा पन्चर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते २०:३७

१८ चैत, काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) को न्यारोबडी जहाज ए३२० ९एन-एकेडब्यू जहाजले थाइल्याण्डको बैंककबाट काठमाडौंका लागि उड्नै लाग्दा प्राविधिक कारणले टेक अफ रद्द गरेको छ । धावनमार्गमा गुडिसकेको निगमको जहाजमा प्राविधिक समस्या हुनसक्ने देखिएपछि चालक दलले नउडाउने निर्णय गर्दै विमान अकस्ताम रोकेका थिए ।

एक्कासी ‘टेकअफ’ रद्द गर्दा जहाजको पछाडिका दुईवटा पांग्रा पन्चर भएका छन् । यसकारण जहाज गाउन्डेड भएको छ । जहाज चेकजाँच पछि शनिबार फर्किने स्रोतले जनाएको छ ।

थाइल्याण्डको ‘पाइलट नोट बुक’नामक फेसबुक पेजले सो जहाज अहिले पार्किङ क्षेत्रमा फर्काइएको र यात्रुलाई सुरक्षित रुपमा झारिएको तस्वीरसहित पोष्ट गरेको छ ।

सो पेजले टेकअफ रद्द गर्नुको कारण भने नखुलेको जनाएको छ । जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन । नेपाल एयरलाइन्सले पनि यसबारे औपचारिक जानकारी गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?