+
+

लोपोन्मुख मुहाली बाजासम्बन्धी वृत्तचित्र प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १२:२९

काठमाडौं । लोपोन्मुख लोकबाजा मुहालीसम्बन्धी वृत्तचित्र शनिबार प्रदर्शन गरिएको छ । मध्यपुर थिमी नगरपालिका र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको सहयोगमा दबुली नेपालले वृत्तचित्र निर्माण गरेको हो ।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले लोपोन्मुख मुहाली बाजाको संरक्षणका लागि सबैले प्रयास गर्नुपर्ने बताए ।

दबुली नेपालले आयोजना गरेको कार्यक्रममा परम्परागत लोकबाजाको मौलिकता बचाउन प्रयास गरेकोमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मध्यपुर थिमी नगरपालिकाका प्रमुख श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा तेजकृष्ण नानीमाया स्मृति पुरस्कारबाट नेपाल टेलिभिजनका क्यामरापर्सन अशोककुमार बस्नेतसहित आशाकाजी थकु र अन्नपूर्णेश्वरी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?