+
+

केयू र इप्पानबीच जलविद्युत र हाइड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १३:१०

२० चैत, काभ्रे । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) बीच जलविद्यूत र हाइड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा केयू र इप्पानबीच जलविद्युत र हाइड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको हो ।

चैत्र १९ बाट सुरु भएको तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्सपो २०२२ को अवसर पारेर दुई संस्थाबीच सम्झौता भएको काठमाडौं विश्वविद्यालयका प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामाले जानकारी दिए ।

उनका अनुसार उक्त सम्झौतामा ग्रीन हाइड्रोजनबाट कार्बन उत्सर्जन घटाउने र जलविद्यूतको उच्चतम घरेलु खपत गर्दै देशलाई ऊर्जामा आत्मनिर्भर बनाउने र देशमै इलेक्ट्रोमेकानिकल कम्पोनेन्टहरुको डिज़ाइन, मर्मत सम्भार गर्ने सेन्टरको स्थापना गर्ने विषय उल्लेख छ ।

सम्झौता पत्रमा काठमाण्डौ विद्यालयलयको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन प्राध्यापक डा. मनिष पोखरेल र इप्पानका अध्यक्ष कृष्ण आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा केयूकोतर्फबाट टवाईन टेष्टिङका फ्याकल्टी इन्चार्ज डा. शैलेश चित्रकार, प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामा र इन्जियिर लक्ष्मण लामा सहभागी थिए ।

एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ज्ञान र सूचना प्राप्त हुने अपेक्षा लिइएको छ ।

एक्स्पोमा जलविद्युत आयोजना निर्माता, जलविद्युतमा प्रयोग हुने उपकरणहरुका उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकरवित्त कम्पनीहरु लगायत सय वटाभन्दा बढी स्टल बुकिङ भइसकेका छन् ।

एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?