+
+

गोरखा जेल बेक्रर बनिन् भूमि आयोगको जिल्ला अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १८:११

२० चैत, गोरखा । राष्ट्रिय भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएकी कमला नहर्कीले पदभार ग्रहण गरेकी छन् । जिल्ला समन्वय समितिमा रहेको कार्यालय पुगेर उनले आइतबार पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि बोल्दै उनले यसअघिको समितिले गरेको प्रगति विवरण हेरेर काम अघि बढाउने बताइन् । ‘भूमिहीन, सुकुम्बासीहरुको समस्या हल होस् भन्ने सरकारको अपेक्षा छ,’ उनले भनिन्, ‘त्यही अपेक्षा अनुसार हामी काम गर्छौ ।’

अध्यक्ष नहर्कीले संघीय सरकारसँग सम्झौता गरेर बाँकी प्रक्रियाअघि बढाउन स्थानीय तहलाई आग्रह गरेकी छन् । जिल्लाका कुल ११ स्थानीय तहमध्ये हालसम्म बारपाक सुलीकोट र शहीद लखन गाउँपालिकाले सम्झौता गरेर ३५ दिने सूचना समेत प्रकाशित गरिसकेका छन् ।

यसअघिको समितिले जिल्लाको सबै स्थानीय तहबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी कुल ४ हजार ३ सय २९ जनाको लगत संकलन गरेको छ । जसमध्ये १४५ भूमिहीन दलित, ३९७ भूमिहीन सुकुम्बासी र ३ हजार ७ शय ८७ अव्यवस्थित बसोबासी रहेका छन् । सबैभन्दा धेरै पालुङटार नगरपालिकामा एक हजार ३२४ र सबैभन्दा कम अजिरकोट गाउँपालिकामा ११ जना रहेका छन् ।

चुमनुब्री गाउँपालिकामा ८१६, गोरखा नगरपालिकामा ४६८, आरुघाट गाउँपालिका मा ४२६, गण्डकी गाउँपालिकामा ४१० र शहीद लखन गाउँपालिकामा ३२५ जनाको लगत संकलन भएको छ । त्यस्तै सिरानचोक गाउँपालिकामा ३१६, भीमसेन थापा गाउँपालिकामा ११२, धार्चेमा ८५ र बारपाक सुलीकोटमा २२ जनाको लगत संकलन भएको आयोगले जनाएको छ ।

अधुरा काम सम्बन्धी १६ वटा निवदेन परेका छन् । २०७७ साल गत माघ १५ गते आयोगको जिल्ला समिति गठन भएर काम अघि बढाइएको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग खारेज गरेको हो ।

अहिले पुन आयोग गठन गरी जिल्लामा अध्यक्षहरु तोकिएको हो । जसअनुसार गोरखामा नेकपा माओवादी केन्द्रकी नहर्की अध्यक्ष नियुक्त भएकी हुन् ।

जेल बेक्रर थिइन् नहर्की

शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनको क्रममा एक मात्र बिग्रेड कमाण्डर थिइन् उनी । स्वेच्छिक अवकाश रोजेर घर फर्केकी उनी २०७४ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ को ख प्रदेशबाट माओवादीबाट प्रत्यक्ष उम्मेदवार थिइन् ।

उनका प्रतिद्वन्द्वी तत्कालिन नयाँ शक्ति पार्टीबाट उम्मेदवार हरिशरण आचार्यसँग उनी पराजित भएकी थिइन् । नहर्की माओवादी सेनाको सैन्य कमान्डरका रुपमा मात्र चर्चामा थिइनन्, सुरक्षा फौजले पक्राउ गरेर गोरखा कारागारमा रहँदा सुरुङ खनेर बेपत्ता भएका ६ महिलाको टोलीकी अगुवा पनि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?