+
+

सरकारले माग्यो कोरोनाले विदेश जान नपाएका विद्यार्थीको निवेदन

कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीको कारणले अध्ययन गर्न जान नपाएको विद्यार्थीहरुले चैत २५ गतेभित्र निवेदन दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १५:२८

२१ चैत, काठमाडौं । कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीको कारणले अध्ययन गर्न जान नपाएको विद्यार्थीहरुले चैत २५ गतेभित्र निवेदन दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचा अनुसार विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?