+
+

जुम्लाका ७७ क्षेत्रमा कृषि गणना गरिँदै

रासस रासस
२०७८ चैत २१ गते १६:१०

२१ चैत, जुम्ला । जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा कृषि गणना हुने भएको छ ।

जिल्ला कृषि गणना कार्यालयका प्रमुख लक्ष्मण कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको छ । तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीकाका १० स्थानमा कृषि गणना गरिने छ ।

सिञ्जा गाउँपालिका र पातारासी गाउँपालिकाका नौ स्थानमा गणना गरिनेछ । सबैभन्दा कम सात स्थानमा गुठीचौर गाउँपालिकामा कृषि गणना हुने छ । यसका लागि २६ गणक खटाइने छ ।

आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म कृषि गणना गरिने छ । गणकले कृषकका भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लगाइएको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण, बीउको प्रयोगबारे तथ्यांक लिने छन् ।

यस्तै गणकले कृषि सामग्री र औजारको उपयोग, पशुपक्षीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा जग्गामा स्वामित्वको अवस्थालगायतबारे तथ्याङ्क सङ्कलन गर्नेछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?