+
+

कास्कीमा वडा तहसम्म तालमेल गर्ने सत्तारुढ दलको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १८:१७

२१ चैत, पोखरा । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनका पाँच दलले कास्कीका ५ स्थानीय तह र वडामा सहकार्य गर्ने निर्णय गरेका छन् ।

केन्द्रीय गठबन्धनमा रहेका कास्कीमा क्रियाशील राजनीतिक दलका नेतृत्वको सोमबार बसेको संयुक्त बैठकले ५ पालिका र ७२ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले कास्कीका ५ वटा पालिका र समन्वय समितिमा पनि तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादी कास्की अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।

५ वटा पालिका र ७२ वटा वडामा पनि चुनावी तालमेल गर्ने सम्बन्धमा सम्बन्धित तहमा गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठक बस्ने र संयुक्त संयन्त्र निर्माण गरी आवश्यक गृहकार्य गर्ने निर्णय भएको कास्की कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुलीले जानकारी दिए ।

यसैगरी गठबन्धनमा रहेका दलहरुबीच एकता सम्मान र हार्दिकताको भावना वृद्धि गरी आसन्न स्थानीय निर्वाचनमा सहकार्य र अपनत्वको भावना सहित अगाडि बढ्ने निर्णय भएको छ।

यसका साथै आसन्न निर्वाचनमा जिल्ला , पालिका र वडा स्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरी १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ ।

बैठकमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल एवं सदस्यहरु गंगाधर पराजुली र बाबुराम गिरी, माओवादी केन्द्रका अध्यक्ष बखानसिंह गुरुङ र विश्वप्रकाश लामिछाने, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्य, होम नेपाली र झपिन्द्र रेग्मी, जनता समाजवादी पार्टीका अध्यक्ष गिरीप्रसाद गुरुङ र नारायण भण्डारी र राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष रविमोहन ढकाल सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?