+
+

प्रदेश १ योजना आयोगको उपाध्यक्षमा डा. लोक्सोम, खेलकुद बोर्डबाट पर्शुराम बर्खास्त

हरि अधिकारी हरि अधिकारी
२०७८ चैत २२ गते ७:०५

२२ चैत, विराटनगर । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरु गरेको हो ।

पाँचथरका डा. लोक्सोम माओवादी केन्द्रको कोटाबाट योजना आयोगको उपाध्यक्ष बनेका हुन् । शेरधन राई नेतृत्वको सरकारले लोक्सोमलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । राजेन्द्र राई नेतृत्वको वर्तमान पाँच दलीय गठबन्धनले उनलाई उपाध्यक्षमा नियुक्त गर्यो ।

प्रदेश १ सरकारका प्रवक्ता तथा यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेका अनुसार बैठकले आयोगको सदस्यमा डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्कालाई नियुक्त गरेको छ । कार्की संखुवासभा, कोइराला सुनसरी, राई भोजपुर र खड्का मोरङका हुन् ।

बैठकले प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई पनि बर्खास्त गरेको छ । मन्त्री घिमिरेले सदस्यसचिव बस्नेत र उपाध्यक्ष बाबा मेन्याङ्बोलाई पनि जिम्मेबारीबाट हटाएको जानकारी दिए ।

एमाले नेता भीम आचार्यले आफ्नो दुई महिने कार्यकालमा खेलकुद बोर्डको पदाधिकारी नियुक्त गरेका थिए । बोर्डको पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ । तर गत असोज तेस्रो साता नियुक्त भएका बस्नेतालाई पदीय जिम्मेवारी अनुसार काम नगरेको भन्दै बर्खास्त गरिएको हो । गत माघमा सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई स्पष्टीकरण सोधेका थिए ।

बैठकले प्रदेश १ प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्तसमेत गरेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?