+
+

सामसुङले ल्यायो ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली’ योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १३:३७

काठमाडौं । सामसुङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली’ योजना ल्याएको छ । ११ चैत २०७८ देखि १ जेठ २०७९ (स्टक रहुन्जेल) सम्म ग्राहकहरुले सामसुङका टिभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सामसुङको टिभी, रेफ्रिजेरेटर, र वासिङ मेसिन खरिदमा यो योजना लागू हुनेछ । सामसुङको लाइफस्टाइल टिभी द फ्रेम, खरीद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिन्छ । १०० प्रतिशत कलर भोल्यूम क्वान्टम डट प्रविधिको क्यूएलईडी टिभी २० प्रतिशतसम्म र सबैभन्दा लोकप्रिय क्रिस्टल ४के यूएचडी टिभी २० प्रतिशत भन्दा बढी छुट प्राप्त हुने कम्पनीको भनाइ छ । पीसी मोड, म्युजिक सिस्टम जस्ता विशेषताहरुले नौलो रोमाञ्चक अनुभूति प्रदान गर्ने सामसुङ स्मार्ट टिभीमा अधिकतम २५ प्रतिशतसम्म छुट पाइन्छ । यसैगरी सामसुङको नवीन ५७९ लिटर क्षमताको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर, ३१४ लिटर क्षमताको कर्ड माइस्त्रो, र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजेरेटरहरु र सिंगल डोर रेफ्रिजेरेटरहरु २२ प्रतिशतसम्मको क्यासब्याक अफरका साथ उपलब्ध हुनेछन् ।

यस्तै ८ केजी, ९ केजी र १२ केजी क्षमतामा उपलब्ध हाइजिन स्टिमयुक्त सामसुङ फ्रन्ट लोड वासिङ मेसिन, ८ र १२ केजी क्षमतामा उपलब्ध एआई इकोबबल वासर ड्रायर, ७ केजी तौल क्षमताको सामसुङ टप लोड डिजिटल इन्भर्टर प्रविधि र ७ केजी क्षमतामा पाइने डायमण्ड ड्रम प्रविधियुक्त सामसुङको टप लोड वासिङ मेसिनहरुमा पनि योजना अवधिभर १७ प्रतिशतसम्म क्यास ब्याक प्रदान गरिएको छ ।

कम्पनीका अनुसार टिभीमा १ वर्ष वारेन्टी र थप १ वर्ष वारेन्टी प्यानलहरुमा दिइएको छ । डीआईटी कम्प्रेसर (रेफ्रिजेरेटर) र एसीमा १० वर्ष, डीआईटी मोटर (वासिङ मेसिन) मा १० वर्षको वारेन्टी छ । आईएसओ १५५०२ मापदण्ड प्रयोग गरिएको आन्तरिक परीक्षणको आधारमा उपकरणहरुलाई इलेक्ट्रिकल, इलेक्ट्रोनिक एण्ड इन्फर्मेसन टेक्नोलोजिज एसोसिएसन, जर्मनीले २१ वर्ष टिक्ने प्रमाणपत्र प्रदान गरेको छ । सामसुङले ग्राहकको सुविधाका लागि योजना अवधिभर खरिद गरिएका केही चुनिएका प्रमुख उपकरणहरु निःशुल्क जडान गरिदिने व्यवस्था समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?