
२२ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले उत्पादनमूलक व्यवसाय गर्न व्यवसायीहरुसँग आग्रह गरेका छन् ।
मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशनमा बाेल्दै उपराष्ट्रपति पुनले बाह्यमुलुकबाट आयात गरी व्यवसाय गर्नेतर्फ नभई स्वेदेशमै उत्पादन बढाउने किसिमकाे व्यवसाय गर्न आग्रह गरेका हुन् ।
निर्यात कम हुने र आयात धेरै हुँदा अर्थतन्त्रलाई नकारात्मक असर गरेको भन्दै उनले उत्पादनमूलक व्यवसाय गर्नुपर्नेमा जोड दिए ।
केही पूँजीपतिहरु आफ्नाे पूँजी बाहिर लैजान खाेजेकाे भन्ने आफूले सुनेकाे भन्दै उनले नेपालमै लगानी गर्न आग्रह गरे ।
‘म नेपाली पूँजीपतिहरुसँग आग्रह गर्न चाहान्छु । पूँजी बाहिर लैजाने नसाेच्नुस्,’ उनले भने, ‘सरकारले पनि ध्यान दिनुपर्नेछ, नेपालमै लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया 4