+
+
Shares

व्यवसायीलाई उपराष्ट्रपतिको आग्रह-उत्पादनमूलक व्यवसायमा लाग्नुस् 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १३:५३
फाइल तस्वीर

२२ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले उत्पादनमूलक व्यवसाय गर्न व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशनमा बाेल्दै उपराष्ट्रपति पुनले बाह्यमुलुकबाट आयात गरी व्यवसाय गर्नेतर्फ नभई स्वेदेशमै उत्पादन बढाउने किसिमकाे व्यवसाय गर्न आग्रह गरेका हुन् ।

निर्यात कम हुने र आयात धेरै हुँदा अर्थतन्त्रलाई नकारात्मक असर गरेको भन्दै उनले उत्पादनमूलक व्यवसाय गर्नुपर्नेमा जोड दिए ।

केही पूँजीपतिहरु आफ्नाे पूँजी बाहिर लैजान खाेजेकाे भन्ने आफूले सुनेकाे भन्दै उनले नेपालमै लगानी गर्न आग्रह गरे ।

‘म नेपाली पूँजीपतिहरुसँग आग्रह गर्न चाहान्छु । पूँजी बाहिर लैजाने नसाेच्नुस्,’ उनले भने, ‘सरकारले पनि ध्यान दिनुपर्नेछ, नेपालमै लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्ने बताए  ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?