
२३ चैत, बुटवल । पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् ।
अध्यक्ष ठाकुर बिहान ८ बजे अचानक अस्वस्थ भएपछि तत्कालै भैरहवास्थित भीम अस्पताल लगिएको थियो । ठाकुरमा निमोनिया र अक्सिजन लेभल कम देखिएको डा. सिद्धार्थ पाण्डेले बताए । अक्सिजन लेभल कम देखिएपछि ठाकुरलाई काठमाडौं रेफर गरिएको हो ।
ठाकुरलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला नेता महेन्द्र गुप्ताले बताए । अध्यक्ष ठाकुर मुटुको बिरामी रहेकाले नियमित उपचार गराइरहेका छन् । नेता ठाकुर मंगलबार नवलपरासी आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4