+
+

कुलमान घिसिङले भने : उद्योगमा लाेडसेडिङ छैन, उद्योगीहरुले राजनीतिक कुरा गरे  

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १५:४५
फाइल तस्वीर

२३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुले राजनीतिक कुरा गरिरहेको आरोप लगाएका छन् ।

उर्जा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले भारतबाट विद्युत आयातमा उत्पन्न समस्याले केही दिन बिजुली आपूर्तिमा देखिएको समस्यालाई देखाएर उद्योगीहरुले राजनीतिक ढंगले प्राधिकरणसँग निसाना साँधेको आरोप लगाएका हुन् ।

निर्देशक घिसिङले निजी क्षेत्रले बिजुली नपाएको भनेर गरिएको प्रचारबाजी पूर्णतया राजनीतिक कुरामात्रै भएको बताए ।

केही दिन परेको संकटलाई देखाएर उद्योगीहरुले आफ्नो विरोध गरेको भन्दै घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको दाबी गरे ।

उनले भने, ‘अहिले कुनै पनि उद्योगमा लोडसेडिङ छैन । कुनै कुनै ठाउँमा कुनै कुनै दिन पिक आवर र प्रसारणलाइनमा समस्या हुँदा एक/दुई घण्टा बिजुली काटिन्छ । बाँकी कहीं कतै लोडसेडिङ छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?