+
+

सुपारी आयातको इजाजत रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १७:३४
फाइल तस्वीर

२३ चैत, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयतको इजाजत रोक्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । उद्योग र वाणिज्य सचिवको उपस्थितिमा भएको छलफल पछि यस्तो यस्तो निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

देशको अर्थतन्त्र कमजोर भएको र विदेशी मुद्राको सञ्चिति न्यून रहेको बेला यो वस्तुको आयात जरुरी छैन भन्ने निष्कर्षमा समिति पुगेको उनको भनाइ छ । ‘सुपारी आयातका लागि अनुमति इजाजतपत्र जारी नगर्न मन्त्रालयलाई भनेका छौं,’ उनले भने, ‘समितिले सुपारी आयात र प्रयोगको अवस्थाबारे स्थलगत अध्ययन गर्ने पनि निर्णय गरेको छ ।’

समिति सदस्य प्रकाश रसाइलीकाअनुसार सुपारी आयातको सरकारी तथ्यांकबारे मन्त्रालयले झुट बोलेको बताए ।

‘हामीलाई चाहिने सुपारी कति हो ?, माग गरिएको कति हो ? भनेर हामीले सरकारी धारणा मागेको थियौं,’ रसाइलीले भने, ‘सरकारी कर्मचारीले विवरण लुकाएर ढाँटे ।’ हुँदै नभएको तथ्यांक देखाएर कर्मचारीले झुट बोलेपछि तत्काललाई सुपारी आयातको इजाजत रोक्न निर्देशन भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?