+
+

तालमेलबारे २६ गतेसम्म निर्णय दिन सत्ता गठबन्धनको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १७:२४

२३ चैत, काठमाडौं । सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे २६ चैतसम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको समितिको पहिलो बैठक बुधबार बसेको थियो । बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्यांकन गर्न भनेअनुसार काम भए नभएको समीक्षा भएको छ ।

एक नेताका अनुसार धेरैजसो जिल्लामा छलफल भएको छ, कतिपयमा छलफल भएको छैन । कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको छ ।

बुधबारको बैठकले २६ गतेभित्र जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउने निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?