+

च्याम्पियन्स लिग : बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित

२०७८ चैत  २४ गते १२:४५ २०७८ चैत २४ गते १२:४५
च्याम्पियन्स लिग : बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित

२४ चैत, काठमाडौं । फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा स्पेनिस महारथी रियल मड्रिडले  च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा उत्कृष्ट जित हात पारेको छ ।

साविक विजेता इंग्लिस क्लब चेल्सीलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै रियलले जित हात पारेको हो । २१ औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा हेडरमार्फत नै व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारेका हुन् ।

चेल्सीका लागि भने काई हाभर्टजले ४०औं मिनेटमा काई हाभर्टजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । दोस्रो हाफको सुरुमै ४६औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पुरा गर्दै रियललाई ३–१ ले अघि बढाए ।

रियलका लागि विजयी खेलाडी बनेका बेन्जेमाको यो सिजन च्याम्पियन्स लिगमा ११औं गोल हो । यो जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

मार्च १२ मा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा प्रवेश गर्नेछ । चेल्सीलाई भने अब सेमिफाइनल पुग्न कम्तीमा पनि ३–० को जितको आवश्यकता पर्नेछ ।

करिम बेन्जेमा चेल्सी च्याम्पियन्स लिग रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय