+
+

पूर्वपत्नी र प्रेमिकासँग ऋतिक रोशनको सेल्फी !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १३:१५

काठमाडौं । अन्ततः बलिउड अभिनेता ऋतिक रोशनले सबा आजादसँगको प्रेम सम्बन्धलाई पुष्टि गरेका छन् । केही दिनअघि यी दुई लभबर्ड एयरपोर्टमा हात समातेर हिंडेको बेला देखिएका थिए ।

त्यसलगत्तै ऋतिक पूर्वपत्नी सुजैन र उनका प्रेमी अर्सलान गोनीसँग लिएको सेल्फीमा पनि देखिए । सेल्फीमा उनीहरु खुसी मात्र देखिएका छैनन्, सेलिब्रेसन मुडमा समेत छन् ।

सुजैन केही समयदेखि गोवामा भेड्रो नामक रेस्टुरेन्ट निर्माणमा व्यस्त छिन् । बुधबार मात्र यसको भव्य ओपनिङ गरिएको छ जहाँ उनी निकट साथीहरु उनलाई बधाई दिन पुगेका देखिन्छन् । ऋतिक र प्रेमिका सबा पनि यो सेलिब्रेसनमा सहभागी थिए ।

गतराति सुसैनले इन्स्टाग्राममार्फत तस्वीर सेयर गर्दै सबैलाई धन्यवाद दिएकी छन् । उनले सेलिब्रेसनका केही दृश्य समेट्दै तस्वीर सेयर गरेकी छन् जहाँ प्रेमी गोनी, पूर्वपति ऋतिक र उनकी प्रेमिका सबा समेत अटाएका छन् ।

सामाजिक सञ्जालमा उनीहरुका फ्यानले यो तस्वीरलाई लिएर ट्रोल गरिरहेका छन् । कतिपयले यसलाई बिर्यानी परिकारको मिश्रण भएको लेखेका छन् । कतिपयले यस्तो देख्दा चकित भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?