+
+

बर्दियाको गेरुवा र गोरखाको विरुवाटारमा सनराइज बैंकको शाखारहित सेवा विस्तार 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते २०:०८

काठमाडौं । सनराइज बैंक लिमिटेडले बर्दियाको गेरुवा गाउँपालिका-३ स्थित शान्तिबजार र गोरखाको पालुङटार नगरपालिका-७ स्थित विरुवाटारमा शाखारहित बै‌ंकिङ सेवा विस्तार गरेको छ ।

शान्तिबजारमा ८८ औं र विरुवाटारमा ८९ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले सेवा सञ्चालनका लागि गेरुवाका पूरन धामी र विरुवाटारकी हिरा सुनारलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?