+
+

‘आरआरआर’को सिक्वेल बनाउने राजामौलीको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते ११:४४

काठमाडौं । ‘आरआरआर’ निर्देशक एसएस राजामौलीले फिल्मको सक्सेस पार्टीमा दोस्रो भाग निर्माण गर्ने संकेत गरेका छन् । सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले ‘आरआरआर’को सिक्वेल बनाउन सक्ने बताएको दैनिक भास्करले जनाएको छ ।

राजामौलीसहित कलाकारहरु जुनियर एनटीआर, रामचरण र तेजाले पनि सिक्वेल बनाउनेतर्फ रुचि देखाएका छन् ।

सिक्वेलको सन्दर्भमा सोधिएको प्रश्नमा राजामौलीले भने, ‘हामीले २०२० मा आरआरआर बनायौं र २०२२ मा यो चलिरहेको छ । म अहिले आरआरआरले पैदा गरेको गर्मीबाट आफूलाई ठण्डा राख्ने प्रयास गरिरहेको छु । मेरा लागि सिक्वेल बनाउनु निकै खुसीको कुरा हुनेछ ।’

राजामौलीले अगाडि भने, ‘आरआरआरले बक्स अफिसमा के पाउँछ भनेर मात्र होइन, यद्यपि मलाई मेरा दुई प्रिय भाइहरु रामचरण र जुनियर एनटीआरसँग थप समय बिताउन अवसर पनि प्राप्त हुनेछ । मेरा लागि यो निकै उत्साहप्रद हुनेछ । तर समय बित्न दिनुस्, हेरौं के हुन्छ ।’

सिक्वेललाई लिएर जुनियर एनटीआरले भने, ‘राजामौली सरलाई आरआरआर २ बनाउनु जरुरी छ । यो कथाको निष्कर्ष निकाल्नु जरुरी छ । मलाई लाग्छ, आरआरआर एक फ्रेन्चाइज नै हो ।’

रामचरणले पनि आरआरआरको प्रदर्शन समाप्त भएपछि मात्र सिक्वेल बनाउनेबारे सोच्ने बताए । ‘मलाई आशा छ, तपाईंको इच्छा पूरा हुनेछ,’ उनले भने । फिल्मले हिन्दी भाषाको संस्करणमा २०० करोड भारु कमाइसकेको छ । नेपालमा समेत फिल्मले १० करोडभन्दा बढी कमाइ गरिसकेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?