+
+

सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफल भए : डा. भगवान कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १२:४६

चैत २५, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफल भएको बताएका छन् ।

राष्ट्रिय योजना आयोगले स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशाका बारेमा गरेको छलफल कार्यक्रममा डा. कोइरालाले स्वास्थ्य संरचनाबाट प्रदान हुने सेवाको गुणस्तर अपेक्षा गरेको र अन्तर्राष्ट्रिय मापदण्ड भन्दा धेरै तल रहेको बताए ।

‘सरकारी स्वास्थ्य प्रदाय संस्थाबाट गुणस्तरीय सेवा दिन नसक्नुमा हामी सबै जिम्मेवार छौं’, उनले भने, ‘जसमा चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापकीय टिम सबै दोषी छन् । जसलाई सुधार गर्न जरूरी छ ।’

ऐन, नियम बुझेको तथा व्यवस्थापकिय तालिम लिएका व्यक्तिलाई मात्रै नेतृत्वको नियुक्त गर्दा अस्पतालको सेवा सुधार गर्न सकिने उनको भनाइ छ ।

स्थानीय तहमा अस्पताल बनाउने निर्णयमा प्रश्न

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले देश संघीयताको मोडलमा गएपछि स्वास्थ्यमा क्षेत्रमा सुधारको गति लिन थाले पनि अझै केन्द्रबाट तल्लो तहमा अधिकार दिन नसकेको बताए ।

डा. पोखरेललले भने, ‘हामी केन्द्र, प्रदेश तथा स्थानीय मोडमा गएका छौं । अझै पनि छाती खोलेर स्थानीय तहलाई अधिकार दिन सकेका छैनौं । यो संकुचित भावनाबाट बाहिर निस्कनुपर्छ ।’

हाल स्थानीय तहमा ५, १०, १५ बेडको अस्पताल निमार्ण भइरहेका छन् । तर, त्यो निर्णय केन्द्रले नै गर्दा गल्ती भएको पोखरेलको भनाइ छ । ‘कुनै स्थानीय तहले आवश्यकता अनुसार ५० बेडको अस्पताल बनाउन सक्छ । त्यो अधिकार केन्द्रले खोसेको छ’, उनले भने ।

डा. पोखरेलले अझै पनि केन्द्र, प्रदेश र स्थानीय तहको समवन्यको काम राम्रो सँग हुन नसकिएको बताए ।

सरकारले अस्पतालको संरचना बनाउने निर्णय गरे पनि जनशक्ति बिना सेवा प्रवाह गर्न नसकिने बताए । ‘हामीले ७५३ पालिकामा वटा अस्पताल बनाउने घोषणा गयौं । तर, जनशक्ति व्यवस्थापनको कुनै योजना छैन’, उनले भने, ‘जनशक्ति बिना नै अस्पताल बनाएर मात्रै सेवा कसरी प्रवाह हुन्छ ?,’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?