+
+

यी हुन् मन्त्रिपरिषदले गरेका २३ निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १३:०१

२५ चैत, काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।

 

मन्त्रिपरिषदका निर्णय पढ्नुहोस् :

  • हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा श्री वसन्तकुमार पाण्डेलाई नियुक्ति गर्ने ।
  • बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/६/५ को निर्णय खारेज गर्ने ।
  • अमलेगञ्ज सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
  • पश्चिम सेती कोरिडोर ४०० केबी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
  • लाठीनाथ ३३ केबी प्रशारण लाइन तथा सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
  • श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने ।
  • काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा २३ बमोजिम पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री महेश शर्मा पौडेललाई तोक्ने ।
  • राज्श्व न्यायधीकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका माननीय न्यायाधीश श्री रमेशप्रसाद भण्डारीलाई तोक्ने ।
  • वैदेशिक रोजगार न्यायीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका माननीय न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्ने ।
  • भूकम्पबाट प्रभावित संरचनाको पुनः निर्माण सम्बन्धी ऐन २०७२ को दफा २६ को उपदफा २ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका मान्य न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने ।
  • सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री महेशप्रसाद पुडासैनीलाई तोक्ने ।
  • याक अनुवांशिक श्रोतकेन्द्र सोलुखुम्बुमा याक नाक चरणको लागि करिव १० रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने ।
  • सुन्दरीजलस्थित सुरुङको प्रवेशद्वार नजिक उपयुक्त स्थानमा सन्त नेता एवं पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई (किसुनजी) को शालिक र शिलापत्र राख्न स्वीकृत प्रदान गर्ने ।
  • विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने ।
  • समस्याग्रस्त सहकारी संस्था, वा संघको व्यवस्थापन समितिका अध्यक्षमा महाप्रशासकीय अदालतका पूर्व अध्यक्ष श्री काशिराज दाहाल र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने ।
  • २०७९ साल वैशाख १७ देखि १८ गतेसम्म अमेरिकाको कोलोराडोमा आयोजना हुने रक्की माउण्टेन च्याम्पियनशीप २०२२ कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।
  • हिदी खोला जलविद्युत आयोजना इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको राष्ट्रिय वन ४.२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने ।
  • विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि सङ्खुवासभा खाँदबारी नगरपालिका वडा नम्बर ९ र भोजपुर जिल्ला षडानन्द गाउँपालिका वडा नम्बर ६ मा पर्ने जग्गा प्राप्त गरी उक्त जग्गामा विश्व विद्यालयको भवन तथा अन्य पूर्वाधार संरचना निर्माणका लागि निर्माणस्थल तोक्ने ।
  • रोजगार अनुमति प्रणाली इपीइस मार्फत नेपाली नागरिकलाई रोजगारीको लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारी पत्र नवीकरण गर्ने ।
  • दक्षिण अफ्रिकाको डार्बनमा १ देखि ६ जेठ २०७९ मा आयोजना हुने फिट ग्लोवल कन्फ्रेन्स अफ इलिमिनेशन अफ चाइल्ड लेभर सम्मेलनमा माननीय ।म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीयको नेतृत्वमा प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृत प्रदान गर्ने ।
  • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा श्री रञ्जनकृष्ण अर्याल काठमाडौं र प्रा. श्री भगवानदास मानन्धर काठमाडौंलाई मनोनयन गर्ने ।
  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशक पदमा श्री सुनिल पौडेललाई नियुक्त गर्ने ।
  • जेष्ठ नागरिकहरुलाई विशिष्ठ प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहित एक जेष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?