+
+

फिल्म क्षेत्रमा ६ वर्ष पूरा गरेपछि वर्षाले भनिन्- माया र आलोचनाको लागि धन्यवाद !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १४:०८
अभिनेत्री वर्षा राउत । फाइल तस्वीर

काठमाडौं । अभिनेत्री वर्षा राउतको फिल्म करिअरले शुक्रबार ६ वर्ष पूरा गरेको छ । सन् २०१६ को अप्रिल ८ मा उनको डेब्यु फिल्म ‘नाइँ नभन्नु ल ४’ रिलिज भएको थियो । यसै छेकोमा शुक्रबार सामाजिक सञ्जालमार्फत अभिनय यात्राका रोमाञ्चक तस्वीर सेयर गर्दैै वर्षाले दर्शकप्रति आभार व्यक्त गरेकी छन् ।

उनी लेख्छिन्, ‘यी ६ वर्ष आँखा झिम्काएर बितेजस्तो लाग्छ । म आज जहाँ छु, त्यसप्रति गर्व छ । जब म यी अद्भूत वर्षहरुलाई फर्केर हेर्छु, म आफूलाई कृतज्ञ महसुस गर्छु ।’

उनले अगाडि लेखेकी छन्, ‘माया, प्रशंसा, समर्थन, आलोचना र अत्यधिक प्रशंसाको लागि धन्यवाद । मलाई दिनुभएको यो प्रशंसालाई म कदर गर्छु । मैले फिल्ममा दिएको हरेक अंश र यसलाई हेर्ने प्रत्येक दर्शकको मस्तिष्क, हृदय र आत्मामा मैले सम्झना छाडेकी छु । म सबै कुराका लागि आभारी छु ।’

विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ४’मा वर्षाले अञ्जना चरित्रको भूमिका निर्वाह गरेकी थिइन् । छक्कापञ्जा, जात्रा, छक्कापञ्जा २, गोपी उनका चर्चित फिल्म हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?