+
+

बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १७:०६

२५ चैत, बुटवल । बुटवलमा वैशाख दोस्रो साता दोस्रो संस्करणको राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा वैशाख ७ देखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ ।

प्रतियोगिता अन्तर्गत मेन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स (४५ वर्ष माथि), भेट्रान्स (५५ वर्षमाथि) र महिला सिंगल गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष गोपाल टण्डनले बताए ।

देशभरबाट २०० बढी खेलाडीको सहभागिता रहने प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल्सतर्फ प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक शम्भु भट्टराईले बताए ।

यस्तै भेट्रान्स ४५ वर्षमाथि र महिला सिंगलमा प्रथमलाई ३० हजार रुपैयाँ, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ तथा ५५ वर्षमाथिको प्रथमलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैया नगद पुरस्कार रहेको उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च अनुमान गरिएकोमा आयोजक क्लबमा आवद्ध खेलाडीहरूले व्यक्तिगत रकम ४ लाख रुपैयाँ संकलन गरेर तयारी सुरु गरिएको क्लबका प्रथम उपाध्यक्ष पंकज ज्ञवालीले बताए । बांकी रकम खेलप्रेमी,उद्योगी व्यवसायीबाट संकलन गरिने उनले बताए ।

क्लबले यसअघि राष्ट्रियस्तरको एउटा, लुम्बिनी प्रदेशस्तरीय दुई वटा, क्षेत्रीयस्तरको चारवटा र अन्तर विद्यालय प्रतियोगिता दुईवटा सम्पन्न गरिसकेको अध्यक्ष टण्डनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?