+
+

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १७:१७

२५ चैत, बुटवल । रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक सैनामैना नगरपालिका-३ का ३० वर्षीय कृष्णचन्द्र खनालको उपचारका क्रममा मृत्यु भएको हो ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु२२प ६९२५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिका-४ ड्राइभरटोलमा अनियन्त्रित भएर पल्टिँदा खनाल गम्भीर घाइते भएका थिए ।

खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?