+
+

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते ६:५५

२७ चैत, काठमाडौं । अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

विपक्षी दलहरुले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । अल्पमतमा परेपछि खानले गरेको संसद विघटनलाई अदालतले पुनस्थापना गरिदिएको थियो । त्यसपछि गएराति संसदमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोटिङ भएको थियो ।

पाकिस्तानको नेश्नल एसेम्बलीमा ३४२ सदस्य हुन्छन् । विपक्षी दलहरुले १७२ सिट मात्रै पुर्याए पनि अविश्वास प्रस्ताव पास हुन्थ्यो । तर अविश्वासको प्रस्तावमा १७४ मत पर्यो ।

अविश्वास प्रस्ताव पास भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिक महत्व भएको बताए । उनले १० अप्रिल १९७३ मा नै पाकिस्तानको संविधानलाई संसदले पारित गरेको स्मरण गराए । उनले भने, ‘पुरानो पाकिस्तानमा तपाईंहरुलाई स्वागत छ । कुनै पनि कुरा असम्भव छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?