+
+

जब चोरले काटेर लग्यो ६० फिट लामो पुल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते ११:४०

तपाईंले चोरीका अनेक खाले घटनाका बारेमा देख्नु, सुन्नुभएको होला । तर के तपाईंले चोरले पूरै पुल चोरेको सुन्नुभएको छ ? भारतको बिहारमा एउटा पूरै पुल नै चोरी भएको अनौठो घटना भएको छ ।

बिहारको रोहतास जिल्लामा यो घटना भएको हो । त्यहाँ ६० फिट लामो पुल चोरी भएको हो ।
बिहारको रोहतास जिल्लाको नासरीगंज क्षेत्रस्थित अमियावर इलाकामा रहेको एक नहरमा बनेको फलामको पुल रातारात गायब भएको हो ।

६० फिट लामो उक्त पुल १० फिट चौडा र १२ फिट अग्लो थियो । समाचार अनुसार चोरले जेसीबी मेसिन ल्याएर उक्त पुल उखेलेर त्यसको फलाम ट्रकमा हालेर लगेको हो।

गाउँमा यतिठूलो घटना हुँदा पनि स्थानीय प्रशासनले थाहा पाएन । अनौठो त के भने चोरले आफू सिंचाइ विभागको कर्मचारी भएको भनेर स्थानीय विभागीय कर्मचारीहरूको समेत सहयोग लिएर पुल भत्काएर लगेको हो ।

स्मरण रहोस् उक्त पुलबाट यसअघि पनि पटक-पटक फलाम चोरी हुने गरेको थियो । तर यो पटक भने चोरले सिँगै पुल नै चोरेको छ ।

सोमबार दिनदहाडै जेसीबी र ट्रक लिएर आएको चोरले पुल चोरेर लगेको थियो । गाउँलेहरूले सोधीखोजी गर्दा चोरले आफूलाई सिंचाइ विभागको कर्मचारी भएको बताएको थियो ।

उक्त पुल सन् १९७२ मा निर्माण सुरु भएर १९७५ मा सम्पन्न भएको थियो । उक्त पुलको समानान्तर अर्को कंक्रिटको पुल बनेका कारण उक्त फलामको पुल प्रयोगविहीन बनेको थियो ।

पुल चोरी भएको घटनाका विषयमा स्थानीय प्रशासनले अनुसन्धान अगाडि बढाएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?