+
+

‘ए मेरो हजुर ४’मा समावेश जी-बबको गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते ११:५६

काठमाडौं । पछिल्लो समयका चर्चित र्‍यापर जी-बबको स्वरमा रहेको गीत ‘भाग भाग न दे अब धेरै धाक’ रिलिजको केही घण्टामै नेपालमा युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ ।

फिल्म ‘ए मेरो हजुर ४’मा समावेश यो गीतमा जी-बबसहित फिल्मका प्रमुख कलाकारहरु सुहाना थापा, अनमोल केसी, नीराजन प्रधान फिचर्ड छन् । गीतलाई आइतबार मध्यान्हसम्म ८ लाख ४१ हजारभन्दा बढी पटक युट्युबमा हेरिएको छ ।

गीतको शब्द र संगीत स्वयं जी-बबकै छ । हुक लाइन लिरिक्स सुरेन्द्र गुरुङ हाकिमको छ । रामजी लामिछानको कोरियोग्राफी रहेको गीतमा नायिका क्लबमा पुगेपछि हुने दृश्य समेटिएको छ ।

गीत रिलिजपछि अनलाइनखबरसँग कुरा गर्दै सुहानाले आफूहरुको आग्रहअनुसार जी-बबले एकछिनमै गीत तयार पारेको बताए । जी-बबसँग सहकार्य गर्न पाउँदा खुसी लागेको पनि सुहानाले बताइन् । गीतलाई जी-बबका फ्यानले सामाजिक सञ्जालमा व्यापक सेयर गरिरहेका छन् ।

गीतको केही अंश मात्र रिलिज गरिएको हो । १ मिनेट ५३ सेकेन्ड लामो हुक लाइनसहितका अंश सार्वजनिक गरिएको छ । ‘दर्शकले पूरा अंशलाई हलमा मात्र हेर्न पाउनुहुनेछ,’ निर्माता सुनिलकुमार थापाले भने, ‘खासमा गीतको टिजरस्वरुप फुटेज सार्वजनिक गरेका हौं ।’

पछिल्लो समय चर्चामा रहेका र्‍यापर जी-बबलाई फिल्मले अन्तिम समयमा मात्र कन्फर्म गरेर गीत खिचेको हो । जी-बब अष्ट्रेलिया र अमेरिकामा सांगीतिक टुरको तयारीमा छन् । वैशाख १ गते उनले अस्ट्रेलियामा कन्सर्ट गर्दैछन् ।

‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिज तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?