+
+

मकवानपुरमा लागुऔषधसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १२:४७

२७ चैत, काठमाडौं ।  मकवानपुरमा लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका-७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको टोलीले उनको घरमा खानतलास गर्दा लुकाएर राखेको ट्रामा, नाइट्रोभेट र मोरेक्स फेला परेको थियो ।

प्रहरीले उनको घरबाट ट्रामा १०४० ट्याबलेट, नाइट्रोभेट ५२५ ट्याब्लेट र मोरेक्स १० बोतल बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?